कञ्चनपुरमा नाबालिगमाथि सामूहिक बलात्कार, एक पक्राउ अर्का फरार

कैलाली । कञ्चनपुरमा १६ वर्षीया किशोरीमाथि बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भीमदत्त नगरपालिकाका २७ वर्षीय एक पुरुष छन् ।

किशोरीमाथि सामूहिक बलात्कार आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी प्रकाश डाँगीले जानकारी दिए । अर्को व्यक्तिको खोजी भइरहेको उनले बताए । पुस १० गते साँझ किशोरीलाई फोन गरेर बोलाइ जङ्गलमा दुईजनाले बलात्कार गरेको भन्दै ११ गते जाहेरी दर्ता भएको थियो ।

Comments

One response to “कञ्चनपुरमा नाबालिगमाथि सामूहिक बलात्कार, एक पक्राउ अर्का फरार”

  1. प्रेम प्रसाद Avatar
    प्रेम प्रसाद

    साँझपख जसो जहाँ जसले बोलाए पनि बिचारै नगरि जाने पनि उस्तै नै हुन् नि ।आफ्नै किन नहुन् परिस्थिति ठीक छ कि बेठीक छ भन्ने अवस्था मापन गर्न चेलिबेटि पनि सचेत हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *