काठमाडौं । नेकपा एकीकृत समाजवादी केन्द्रीय कमिटीको बैठक जारी छ । दोस्रो दिन पनि ललितपुरस्थित कान्तिपुर गार्डेनमा जारी बैठकमा केन्द्रीय सदस्यहरुले प्रस्तावित विधानमा आआफ्नो धारणा राखिरहेको प्रवक्ता जगन्नाथ खतिवडाले बताए ।
बैठकमा प्रस्तावित ११ प्रश्नमा केन्द्रित रहेर अहिलेसम्म ४० भन्दा धेरै नेताले धारणा राखिसकेका छन् ।
महाधिवेशन र अधिवेशनबाट प्रतिनिधि कसरी चयन गर्ने, केन्द्रीय संगठनात्मक संरचना कस्तो बनाउने, केन्द्रीय परिषद् कस्तो बनाउने, पार्टीमा ७० वर्षे उमेरहद राख्ने कि नराख्ने, केन्द्रीय समिति कति सदस्यीय बनाउनेलगायतको ११ प्रश्न सुझावको लागि पेश गरिएको छ ।
बैठक भोलिसम्म चल्नेछ ।

Leave a Reply