काठमाडौं । समाजवादी मोर्चाको संयोजक नेकपा (एकीकृत समाजावादी)का अध्यक्ष माधवकुमार नेपाललाई नै निरन्तरता दिने निर्णय भएको छ ।
बुधबार साँझ बसेको प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको समाजवादी मोर्चाको बैठकले यस अघि पनि संयोजकको जिम्मेवारीमा रहेका नेपालको समयावधि सकिएकोमा उनैलाई नै नेतृत्वमा अघि बढाउने निर्णय गरेको हो ।
बैठकले अहिले ४७ जिल्लामा समाजवादी मोर्चा गठन भएको र बाँकी जिल्लामा पुस मसान्तसम्म गठन गरिसक्ने निर्णय गरेको नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्षसमेत रहेका प्रतिनिधि सभा सदस्य राजेन्द्र पाण्डेले जानकारी दिए । उनका अनुसार बैठकले यसपटक शहीद दिवस भव्य रुपमा मनाउने र दिवस मनाउनका लागि अन्य दलसँग पनि सहकार्य गरेर जाने निर्णय गरेको छ ।
नेता पाण्डेका अनुसार बैठकले समाजवादी मोर्चाका नेतृत्वमाथी लगाइएका मुद्धाका विषयमा सरकारसँग भएका चरण–चरणका सम्झौता कार्यान्वयनका लागि सरकारसँग अनुरोध गर्ने निर्णय भएको छ ।

Leave a Reply