लुम्बिनीमा चिनियाँ पाहुनाको भ्रमण बढाउन आग्रह

रुपन्देही । बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणमा आएको चिनियाँ टोलीलाई लुम्बिनी विकास कोषले स्वागत गरेको छ ।

कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले चीनमा साहित्य सम्पदा क्षेत्रमा काम गर्दै आएका चिरुईसहितको टोलीलाई स्वागत गरेका हुन् ।

उक्त अवसरमा कोषाध्यक्ष भट्टराईले बुद्ध जन्मस्थल लुम्बिनीको खोज अनुसन्धानमा चिनियाँ यात्रुको यात्रा विवरणले महत्वपूर्ण काम गरेको बताए ।

व्यापारिक पृष्ठभूमिका चिरुईले आफूहरु बुद्धको जन्मस्थलसँग जोडिएर काम गर्न इच्छुक रहेको बताएका थिए ।

उक्त अवसरमा वर्ल्ड बुद्धिष्ट रिलिजियस एसोसियसनका अध्यक्ष भीमसुवा गुरुङ, लुम्बिनी विकास कोषका सूचना अधिकृत राजन बस्नेत, वनस्पति शाखा प्रमुख कमलेश वर्मालगायतले नेपाल र चीनको सम्बन्ध थप बलियो बनाउनुपर्ने बताएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *