काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा समाजवादी मोर्चाको बैठक जारी रहेको छ ।
अदालतको पक्राउ पूर्जी जारी भएका नेत्र विक्रम चन्द विप्लव पनि बैठकमा सहभागी छन् ।
बैठकमा सरकारको समीक्षा, राष्ट्रियसभा निर्वाचन लगायत विषयमा छलफल भइरहेको छ ।
बैठकमा विप्लवसँगै नेकपाबाट खड्गबहादुर विश्वकर्मा प्रकाण्ड पनि सहभागी छन् ।
यस्तै, प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव लगायत सहभागी छन्।

Leave a Reply