‘काम गर्न नसक्नेलाई माफी दिने मनस्थितिमा छैन, आशा जगाउन नसके म पनि ओगट्दिन’ (भिडिओ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रीहरुलाई असफल हुन छुट नभएको बताएका छन् ।

सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै उनले कार्यसम्पादन कमजोर भएको अवस्थामा कसैलाई माफ गर्न नसक्ने चेतावनी दिए ।

उनले भने, ‘हामीलाई असफल हुन छुट छैन । कार्यसम्पादन कमजोर भएको अवस्थामा म कसैलाई माफी गर्ने अवस्था र मनस्थितिमा छैन । हामी आआफ्नो भूमिकामा न्याय गर्नैपर्ने नैतिक दबाबमा छौं । कार्यसम्पादन गर्न सकेनौं भने कसैले ठाउँ ओगटिराख्नु हुँदैन, छाडिदिनुपर्छ ।’

उनले देशमा सकारात्मक परिवर्तन र आशा जगाउन नसके आफूले पनि पद ओगटिराख्नु जरुरी नभएको बताए ।

Comments

One response to “‘काम गर्न नसक्नेलाई माफी दिने मनस्थितिमा छैन, आशा जगाउन नसके म पनि ओगट्दिन’ (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    जति छिटो तिमीले छोडछौ त्यति छिटो देशले मुक्ति पाउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *