अब शीर्ष नेताहरुको बैठक सत्ताको वितरण गर्न नभइ क्रमभंगताको लागि बस्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक दल, नागरिक समाज र सबै निकायलाई क्रमभंगताको लागि अपिल गरेका छन् ।

सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै उनले अब शीर्ष बैठकहरू सत्ताको वितरण गर्न नहुने बताए ।

उनले भने, ‘दलहरू नागरिक समाज र सबै निकायलाई क्रम भंगताको अपिल गर्छु । अब शीर्ष बैठक सत्ताको वितरण गर्न होइन, विश्वविद्यालय सुधार्न, परराष्ट« नीतिमा एउटै धारणा बनाउन, रोजगारी सिर्जना गर्न र राष्ट्रको छवि सुधार्न बस्नेछन् ।’

Comments

One response to “अब शीर्ष नेताहरुको बैठक सत्ताको वितरण गर्न नभइ क्रमभंगताको लागि बस्नेछ : प्रधानमन्त्री”

  1. ksp pyl Avatar
    ksp pyl

    सत्ताको वितरण नभएर लुटेको कसले कति बाँडफाँड गर्ने भनेर बैठक बस्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *