प्रधानमन्त्रीको घोषणा- अब कार्यशैली बदल्छु, अपवाद बाहेक बाहिरको कार्यक्रममा जान्नँ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब आफ्नो कार्यशैली बदल्ने घोषणा गरेका छन् । आज राष्ट्रका नाममा सम्वोधन गर्दै उनले बाहिरका कार्यक्रममा नभइ नीति कार्यक्रम र बजेटको तयारी तथा नीतिगत काममा केन्द्रित हुने बताए ।

सरकारले एक वर्षमा हासिल गरेको उपलब्धीको विवरण सुनाउँदै प्रचण्डले यो अवधिमा धेरै काम भए पनि आफू पूर्ण सन्तुष्ट नरहेको उल्लेख गरे ।

‘म स्वीकार गर्छु सरकार असफल त भए तर मेरो हुटहुटि अनुसारको परिणाम पनि आएको छैन’, उनले भने, ‘सम्पन्न हुन बाँकी रहेका पूर्वाधारको चिन्तामा छु । देश कति बन्न सक्थ्यो भन्ने समीक्षामा छु ।’

उनले पूर्वनिर्धारित र अपरिहार्यबाहेक बाहिरको कार्यक्रममा नजाने बताए ।

‘सरकारको कार्यशैली बदल्न यो एउटा प्रस्थानविन्दू हुन्छ । यो साता प्रधानमन्त्री कार्यालयको संरचना बदल्दैछु’, प्रधानमन्त्रीले भने, ‘म अब समस्याको जरो छाडेर हाँगा छिमल्ने गल्ति गर्दिनँ ।’

 

Comments

One response to “प्रधानमन्त्रीको घोषणा- अब कार्यशैली बदल्छु, अपवाद बाहेक बाहिरको कार्यक्रममा जान्नँ”

  1. ksp pyl Avatar
    ksp pyl

    एक हप्ता हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *