शौर्य मिथिला लोक चित्रकला प्रतियोगिता सम्पन्न, विजेताले पाए २५ देखि ७५ हजार रुपैयाँसम्म

काठमाडौं । शौर्य सिमेन्टको आयोजना र विजय लक्ष्मी मिडिया फाउन्डेसनको सहकार्यमा मिथिला लोक चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । विजेताहरूले २५ हजार देखि ७५ हजार रुपैयाँ सम्म प्राप्त गरेका छन् ।

‘मधेशक शान, एहिके उजागर करब शौर्यक अभियान’ मूल नाराका साथ शुरु गरिएको प्रतियोगिता तेस्रो चरणको कार्यक्रम सम्पन्न गर्दै तिन जना विजेता र १२ जनालाई सान्त्वना पुरस्कार प्रदान गर्दै सम्पन्न भएको हो ।

प्रतियोगितामा पहिलो हुनेमा सप्तरीकी मिथिला चित्रकार रुबी कर्ण, दोस्रो हुनेमा महोत्तरीकी नेहा कुमारी, तेस्रो हुनेमा धनुषा जनकपुरधामकी बिना कर्ण रहेकी छिन् ।

जसमा प्रथम हुनेलाई नगद ७५ हजार, दोस्रो हुनेलाई नगद ५० हजार र तेस्रो हुनेलाई नगद २५ हजार रुपैयाँ साथै ११ हजार रुपैयाँ सहित सम्मान पत्र प्रदान गरिएको हो ।

शौर्य सिमेन्ट का प्लान्ट हेड गुरु दयाल सिंहको अध्यक्षता र मधेश प्रदेशकी उद्योग तथा पर्यटन मन्त्री सुनिता यादवको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

कार्यक्रममा मिर्चैया नगरपालिकाका नगर प्रमुख श्रवण यादव, कर्जन्हा नगरपालिकाका नगर प्रमुख भोला पोखरेल, वरिष्ठ साहित्यकार राजेन्द्र विमल, लोक कोकिला रशिम रानी सहित विभिन्न वडाका वडाध्यक्षहरूको पनि सहभागिता रहेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *