पोखरामा कारको ठक्करबाट २ पैदलयात्रीको मृत्यु

पोखरा । पोखरामा कारको ठक्करबाट २ पैदलयात्रीको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका ५ प्रस्याङमा बा १३ च ३७२१ नं।को कारले गए राती पैदलयात्रीलाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

कारको ठक्करबाट बागलुङका २० वर्षीय ढालेन्द्र छन्त्याल र अर्का नाम नखुलेका पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले जानकारी दिए ।

ठक्कर दिने कारलाई नियन्त्रणमा लिइएको र कार चालक फरार रहेको प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *