काठमाडौं । एसिया प्यासिफिक स्कुल अन इन्टरनेट गभर्नेन्स (एपीसीग) को अध्यक्षमा अधिवक्ता बाबुराम अर्याल निर्वाचित भएका छन् ।
उनले पाकिस्तानका मुबसिर सरगनालाई पराजित गरेका हुन् । अर्यालले २१ मत ल्याउँदा सरगनाले १५ मत मात्रै ल्याए ।
विजयी भएसँगै अर्यालले उनले आफ्नो जितले नेपाली युवाको क्षमता वृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
अर्याल साइबर कानून, साइबर सुरक्षा, दूरसञ्चार कानून तथा मिडिया कानूनको क्षेत्रमा लामो समयदेखि कार्यरत कानून व्यवसायी हुन् ।
यसैगरी दुई जना उपाध्यक्ष पदको लागि भएको निर्वाचनमा भारतका डा. गोविन्द कुमार र पाकिस्तानका वकास हसन विजयी भए ।
पाँच जनाको सञ्चालक समिति रहने एपीसीगको सचिवमा श्रीलङ्का कि सागरिका विक्रमशेकरा र कोषाध्यक्षमा बङ्गलादेशका शाह जहिदुर रहमान यसअघि नै निर्विरोध निर्वाचित भएका थिए ।

Leave a Reply