काठमाडौं। राजधानी दैनिकका मालिकविरुद्ध जातीय भेदभाव तथा छुवाछुत गरेको आरोपमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ।
सोही संस्थामा कार्यरत पत्रकार इश्वर बहादुर विश्वकर्माले आशिष शेरचनविरुद्ध जाहेरी दिएका थिए। प्रहरीले ४१ वर्षीय शेरचनलाई फरार प्रतिवादी कायम गरी जिल्ला सरकारी वकिल कार्यालयमार्फत अभियोगपत्र दायर गरेको छ। जाहेरवाला विश्वकर्मा पत्रकार महासंघ राजधानी शाखाका अध्यक्ष पनि हुन्।
जाहेरीअनुसार शेरचनले कुराकानी गर्नु छ भनेर बोलाएर जातीय दुर्व्यवहारजन्य गालीगलौज गरेका थिए।

Leave a Reply