विश्वविद्यालय विधेयक, २०७९ बारे शिक्षा समितिमा विज्ञसँग छलफल

काठमाडौं । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले नेपाल विश्वविद्यालय विधेयक, २०७९ का विषयमा विज्ञसँग छलफल गरेको छ ।

सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले विधेयकलाई थप समृद्ध बनाउन शिक्षा क्षेत्रमा कार्यरत विज्ञहरुसँग छलफल गरेको हो ।

बैठकमा विज्ञहरुले विधेयकमा विश्वबिद्यालय सञ्चालनमा गुणस्तरीयता, स्वायत्तता र विज्ञताका बिषयलाई प्राथमिकताका साथ राख्नुपर्नेमा जोड दिएका थिए ।

विश्वविद्यालयको पूर्वाधार निर्माण विकास समितिका सदस्य डा सूर्यराज आचार्यले विश्वविद्यालयहरुमा लागु गर्ने पाठ्यक्रम सिपमूलक हुनुपर्ने बताए । उनले नेपालका विश्वविद्यालयले मौलिक शिक्षा प्रदान गर्दै युवाहरुलाई स्वदेशमा नै परिचालन हुने अवस्था बनाउनुपर्नेमा जोड दिए ।

बैठकमा शिक्षामन्त्री अशोक कुमार राईले नेपालमा भएका विश्वविद्यालय र आवश्यकताका सम्दर्भमा छलफल गर्दा व्यवस्थित बनाउने गरि कानून निर्माण गर्ने सुझाव आएको जिकिर गरे । उक्त विधेयक यसअघि नै आएकाले अव समानुकुल संशोधनका साथ अघि बढाउनुपर्ने उनले बताए ।

विधेयकमा प्राप्त सुझावहरुलाई अध्ययन गरि आवश्यकताका आधारमा समावेश गर्दै विधेयकलाई अघि बढाइने समितिले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *