राप्रपा केन्द्रीय कार्यसमितिको बैठक आज पनि

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने भएको छ ।

पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार बैठक आज ११ बजे बस्ने तय भएको छ ।

आज बैठकमा पेश भएका प्रतिवेदन पारित गर्नुका साथै विभिन्न निर्णय गर्दै बैठक सकिने प्रवक्ता श्रेष्ठले बताए ।

यसअघि हिजोको बैठकमा समूहगत छलफल भएको थियो ।

समूहगत छलफलमा कोशीमा वरिष्ठ उपाध्यक्ष रोशन कार्की, मधेस प्रदेशमा वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, बागमती प्रदेशमा वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे, गण्डकी प्रदेशमा उपाध्यक्ष हेमजङ गुरुङ, लुम्बिनी प्रदेशमा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले संयोजन गरेका थिए ।

यस्तै, कर्णाली प्रदेशमा उपाध्यक्ष मुकुन्दश्याम गिरी तथा सुदूरपश्चिम प्रदेशमा उपाध्यक्ष उद्धव पौडेलले संयोजन गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *