रुपन्देही । नेपाल जेसीजको ५० औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्षको लागि ४ जना चुनावी मैदानमा रहेका छन् । उनीहरुलाई छान्न देशभरबाट जुटेका प्रतिनिधिले आइतबार मतदान गरेका छन् ।
बुटवलको अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा अधिवेशन चलिरहेको छ । विद्युतीय मेसिनमा भोटिङ्ग सुरु गरिएको हो । अध्यक्ष पदका लागि रविन पोखरेल ,रजनी थापा, विजय गुरुङ्ग, रश्मी सिल्पकार चुनावी मैदानमा रहेका छन् । यस्तै राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष ४ जनाका लागि लागि ९ जना चुनावी मैदानमा छन् ।

राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा कृष्ण सापकोटा, अनुपन सुनवार, बिर बहादुर बेघा बिरु, सन्दीप अग्रहरी, राजाराम गौतम, गुरुदेव पौडेल, सोनी श्रेष्ठ, चिरन्जीवी शर्मा, भिमबहादुर कुँवर राजु चुनावी मैदानमा रहेका छन् । यस्तै राष्ट्रिय उपाध्यक्ष १२ जनाका लागि २२ जना मैदानमा छन् । महाधिवेशनबाट राष्ट्रिय अध्यक्षमा १ जना, राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा ४ जना र राष्ट्रिय उपाध्यक्ष पदको लागि १२ जना निर्वाचित हुने मुख्य निर्वाचन अधिकृत सुरेन्द्र कुमार महतोले जानकारी दिए ।
नेपाल जेसीजमा २१ सदस्यीय कार्यसमितिमा १७ जना निर्वाचित,३ मनोनित १ जना पदेन हुनेछन् । निर्वाचनको लागि रामलक्ष्मण विद्युतीय भोटिङ्ग मेसिनको प्रयोग गरिएको हो । कुल मतदाता १०३२ जना रहेका छन् । मतभार भने करिब १ हजार ३ सय बराबर हुनेछ । आजै मतदान सकिएपछि गणना गरेर नतिजा घोषणा गर्ने तयारी भएको छ ।

Leave a Reply