विद्यालय व्यवस्थापनमा पनि दलीय प्रतिस्पर्धा- गठबन्धनलाई हराउँदै एमालेको प्यानल विजयी

दाङ । जिल्लामा दलीय राजनीतिको आधारमा प्यानल खडा गरेर विद्यालय व्यवस्थापन समिति चयन गरिएको छ । जिल्लाको राजपुर गाउँपालिकास्थित साधारण नमुना माध्यमिक विद्यालयको व्यवस्थापन समिति चयन गर्न दलीय राजनीतिको आधारमा प्यानल बनाइएको थियो ।

कांग्रेस-माओवादी-जनमोर्चाको गठबन्धनको एउटा र एमालेको एउटा गरी दुइटा प्यानल चुनावी मैदानमा थिए । जसमध्ये गठबन्धन प्यानलका उम्मेदवारलाई एमालेको प्यानलले पराजित गरेको छ ।

एमालेको तर्फबाट उम्मेदवार बनेका घनश्याम चौधरी २८७, बिश्रम अहिर २५५, मनिषा चौधरी २७२ र मीना भण्डारी २८० मत ल्याएर सदस्यमा निर्वाचित भएका छन् ।

गठबन्धनका उम्मेदवारहरु धनवीर चौधरीले १९४, पुष्पा यादवले २०७ मान्तिकुमारी चौधरीले १९४ र सुरेश चौधरीले १७६ मत प्राप्त गरे । जम्मा ६३३ मतदाता रहेकोमा ५२० मत खसेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *