एमालेको संकल्प यात्रामा अवरोध प्रयास, चिवाभञ्याङ जाने पुलमा शंकास्पद वस्तु भेटियो

काठमाडौं । थरपुबाट च्याङ्थापु सडकखण्डकोबीचमा तार जोडिएको अवस्थामा शङ्कास्पद वस्तु भेटिएको छ ।

नेकपा एमालेको संकल्प यात्रालाई अवरोध गर्ने प्रयास स्वरूप त्यहाँ शङ्कास्पद वस्तु राखिएको हो । सुरक्षाकर्मीको टोली त्यहाँ खटिएको छ ।

नेकपा एमालेको मध्यपहाड केन्द्रित संकल्प यात्राका लागि टोली आज फिदिमबाट च्याङथापु हुँदै चिवाभञ्ज्याङतर्फ जाँदै छ ।

चिवाभञ्ज्याङ पुगेर एमालेले समृद्धिका लागि संकल्प यात्रा समापन गर्दै छ ।

एमाले नेताहरू चढेको गाडी पुलावारि नै होल्ड गरिएको छ । अध्यक्ष केपी शर्मा ओली भने हेलिमार्फत चिवाभञ्ज्याङ जाने कार्यक्रम रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *