टिप्परले ठक्कर दिएर दुई युवाको मृत्युको विरोधमा आइतबार दाङमा यातायात बन्दको घोषणा

रुपन्देही । शुक्रबार राति टिप्पर ठक्करबाट मृत्यु भएका मृतकका परिवारले आइतबार दाङमा यातायात बन्दको घोषणा गरेको छ ।

शुक्रबार राति घोराही उपमहानगरपालिका १० झारबैरामा भएको दुर्घटनामा ज्यान गुमाएका मृतकका परिवारले उचित क्षतिपूर्तिको व्यवस्था नभएसम्म शव अस्पतालबाट नउठाउने र आइतबार दाङमा यातायात बन्दको आब्हान गरिएको संघर्ष समितिका संयोजक प्रमोद पोख्रेलले बताए ।

मृतकका परिवारका लागि उचित क्षतिपूर्तिको व्यवस्था नभएसम्म आन्दोलनका कार्यक्रमको घोषणा गरिएको संयोजक पोख्रेलले जनाए । उनले दोषी रहेका यातायात व्यवसायीले पीडित परिवारसँग कुनै कुराकानी गर्न नखोजेकाले सहमतिमा आउन नसकेको बताए । पोखरेल प्युठानको झिमरुक गाउँपालिकाका उपाध्यक्ष हुन् ।

दुर्घटनामा मोटरसाइकलमा सवार झिमरुक गाउँपालिका ४ बांगेमरोठका १७ वर्षीय विशाल जिसी र नौवहिनी गाउँपालिका ६ लुङका १८ वर्षीय सागर केसीको मृत्यु भएको हो । तुलसीपुरबाट घोराहीतर्फ आउँदै गरेको रा १ क १३०७ नम्वरको टिप्परले बिपरीत दिशाबाट जाँदै गरेको रा २ प ५५८९ नम्वरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

मृतकको शव राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा राखिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *