काठमाडौं । सरकारले कैलालीको त्रिनगर नाका र कपिलवस्तुको सुठौली नाकामा क्वारेन्टाइन चेकपोष्ट स्थापना गर्ने निर्णय भएको छ ।
बिरुवा क्वारेन्टाइन तथा संरक्षण ऐन, २०६४ को दफा ३३ बमोजिम बिरुवा तथा बिरुवाजन्य उपज निकासी वा पैठारी गर्दा जाँच वा उपचार गर्न ती दुई स्थानमा क्वारेन्टाइन चेकपोष्ट स्थापना गर्ने निर्णय भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको हो ।
कञ्चनपुरमा रहेको क्वारेन्टाइन कार्यालय तथा कञ्चनपुरको कृष्णनगरमा रहेको प्राविधिक जनशक्ति परिचालन गर्नेगरी क्वारेन्टाइन चेकपोष्ट स्थापना गर्ने निर्णय भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका कृषि सचिव डा।रेवतीरमण पौडेलले जानकारी दिए ।

Leave a Reply