काठमाडौं विश्वविद्यालयबाट हालसम्म १२ प्रतिशतभन्दा बढी विदेशी विद्यार्थी दीक्षित

काठमाडौं । काठमाडौं विश्वविद्यालयबाट हालसम्म १२ प्रतिशतभन्दा बढी विदेशी विद्यार्थी दीक्षित भएका छन्।

विश्वविद्यालयको २९ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज ६.१५ प्रतिशत विद्यार्थी दीक्षित भएको बताए।

उनले भने, ‘आज दीक्षित हुने विद्यार्थीहरूमध्ये ६.१५ प्रतिशत विदेशी विद्यार्थी भएको र विश्वविद्यालयबाट हालसम्म दीक्षित भएकामध्ये १२ प्रतिशतभन्दा बढी विदेशी भएको मैले बुझेको छु । यो नै नेपालको शैक्षिक अन्तर्राष्ट्रियकरणको ज्वलन्त उदाहरण हो ।’

उनले अब यो क्रमलाई राष्ट्रिय अभियानका रूपमा थप सुदृढ र विस्तारित बनाउनु आवश्यक रहेको बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *