तयारी नपुगेको भन्दै नेकपा एसले सार्‍यो सचिवालय बैठक

काठमाडौं । नेकपा एकीकृत समाजवादीको भोलिबाट बस्ने भनिएको सचिवालय बैठक सारिएको छ। भोलि र पर्सी बस्ने भनिएको बैठक पुस २ र ३ गतेलाई सारिएको सचिव जीवनराम श्रेष्ठले बताए।

उनले भने, पार्टीभित्रको आन्तरिक तयारी पनि नपुगेको र बैठकमा सहभागी हुने नेताहरुको कार्यव्यवस्थताको कारणले बैठक सारिएको हो।’

बैठकमा राष्ट्रियसभाको आसन्न निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार बन्न मापदण्ड तय गर्ने, देशभरको सांगठनिक अवस्था, जनवर्गीय संगठनको कार्यप्रगतिको समीक्षा गरिने बैठकमा सुशासन, जनजीविका, समसामयिक राजनीतिक विषयमा छलफल गरिने बताइएको छ ।

पार्टीको विधान हेरफेर गर्न आगामी माघमा हुने विधान सम्मेलनका लागि एजेण्डा प्रस्ताव गरिने, समान विचार राख्ने राजनीतिक दल, सङ्घसंस्था तथा समूहसँग भएका कार्यगत एकताबारे जानकारी गराउने बैठकको तयारी छ।

महासचिव घनश्याम भुसालले सांगठनिक प्रतिवेदन पेश गर्ने सचिवालय बैठक आन्तरिक विवाद समाधानमा केन्द्रित हुने छलफलमा इलाममा हुने प्रतिनिधिसभाको उपनिर्वाचनलगायत सबै तहको उपनिर्वाचनमा पार्टीको तर्फबाट आवश्यक तयारीबारे समीक्षा हुनेछ।

बैठकले गर्ने निर्णयलाई स्थायी समिति, पोलिटब्यूरो, केन्द्रीय कमिटी बैठकले अनुमोदन गरेपछि कार्यान्वयन गर्ने तयारी छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *