सुर्खेत । संघीयताको अभ्यास भएको लामोसमय भए पनि प्रभावकारी कार्यान्वयन हुन् नसकेको सरोकारवालाले बताएका छन् । विकासका लागि नेतृत्वमा चिन्तन र चिन्ता नदेखिएको गुनासो समेत गरेका छन् ।
मध्यपश्चिम विश्वविद्यालय पोलिसी ल्यावको आयोजनामा मंगलबार वीरेन्द्रनगरमा आयोजित दिगो र समावेशी संघीयताको प्रवद्र्धनका लागि राष्ट्रिय नीति सम्वादमा कर्णालीका सरोकारवालाहरु आफ्नो धारणा राखेका थिए ।
राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्द पोख्रेलले विकासका समग्र दिगो विकासमा नीति, लक्ष्य, योजना र दृढ इच्छाशक्ति हुनुपर्ने बताए ।
देशको समग्र विकासका लागि राजनीतिक नेतृत्वको चाल, चेहेरा र चरित्र स्पष्ट हुनुपर्ने धारणा व्यक्त गरे । गतिशिल अर्थतन्त्र, सहभागितात्मक लोकतन्त्र र सन्तुलित सामाजिक सुरक्षासहित राज्यको कार्यभार हुनुपर्नेमा जोड दिए ।
देशको विकासका लागि विपद्, मानव संशाधान पलायन, नविन प्रविधिमा धक्का, छिमेकीको असर र कुशासन प्रमुख चुनौति तथा जोखिम रहेको डा.पोख्रेलले बताए ।
सरकारले नीति, निमार्ण गर्दा सोच बदल्नुपर्छ उनले भने,‘निजी क्षेत्रको प्रवद्वन र प्रतिस्पर्धी क्षमता बनाउँदै विकास निर्माणमा डिजिटल प्रविधिको आत्मसाथ गरेमा भ्रष्टाचार कम हुन्छ । देशको विकासमा सामाजिक सुरक्षा, गतिशिल बजार, क्षमता विकास र प्रणालीको विकास हुनु आवश्यक छ ।’
यस्तै, कर्णाली प्रदेश मुख्यमत्रालयका प्रमुख सचिव मुडामणि चपाईले राजनीति र नीति एकअर्काको परिपुुरक भएको बताए । उनले भने,’ राम्रो नीबनाउन सकेका छैनौं । कार्यान्वयन भएको ८ बर्ष भयो । संघीयता कार्यान्वयन गर्न नसक्दा नीति निर्माणमा फितलो छ ।’
सोही कार्यक्रममा बाेल्दै कर्णाली प्रदेश सभा सदस्य गौमता विकले गाउँघरका विकास निर्माणका काममा पनि राजनीति धेरै हुने गरेको बताइन् । मानवीय चेतनाको बिकासमा कमि रहेको उनको भनाइ छ । उनले भनिन्,‘अब चेतनामा परिवर्तन हुनु आवश्यक छ । अब प्रयोगात्मक शिक्षा जोड दिनुपर्छ।’
मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा.नन्द बहादुर सिंहले विश्वभरी रहेका १०० वटा पोलिसी ल्याव मध्ये एमयूले सञ्चालन गरेको यो संस्था पनि एक भएको जानकारी दिए । प्रा.डा.सिंहले भने,‘देशका समग्र विकासका क्षेत्रमा राजनीतिक हस्तक्षेप धेरै भयो । राजनीतिबाट अब शिक्षा, स्वास्थ्य, खेलकुद, सुरक्षा, न्याय, निजामती सेवामा राजनीतिक देखि टाढा हुनुपर्ने पर्छ ।
देशको संघीयता बचाउनका लागि शिक्षा, स्वास्थ, विधुत, यातायात, औधोगिकिरण, पर्यटन विकास, संघीयताको कार्यान्वयन, आधुनिक जनशिक्त र बहुआयामिक नेतृत्व हुन आवश्यक रहेको उपकुलपति सिंहले भनाइ राखेका थिए ।
कर्णाली प्रदेश पूर्व सांसद मञ्चका सचिव पदमा खड्काले संघीयता राम्रो भएपछि कार्यान्वयन फितलो रहेको बताइन् । संघीयताले समानुपातिक समावेसीलाई महत्व दिएपनि संघीयताको कार्यान्वयन भने हुन भनाइ राखिन् ।
कार्यक्रममा कर्णाली प्रदेश सरकारका मुख्य सचिव चुडामणी पोखरेल, पूर्व प्रदेश सभा सदस्य पद्मा खड्का, प्रदेश सभा सदस्य गोमता विक, चौरजहारी नगरपालिका प्रमुख पुष्प वादी बक्ताको रुपमा सहभागि भएका थिए ।

Leave a Reply