गंगामाथि अमरेशले लगाएको आरोप छानबिन गर्न अनेरास्ववियुको माग, नत्र आन्दोलनमा उत्रिने

काठमाडौं । नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्रीको छोरी तथा स्वकीय सचिव गंगा दाहाललाई जोडेर लगाएको आरोप छानबिन गर्न माग गरेको छ ।

कार्यवाहक अध्यक्ष गोविन्द गिरीले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको परिवारकै सदस्यको भ्रष्टाचार, अनियमितता र कमिशन लेनदेनमा संलग्न रहेको भनाईप्रति घ्यानाकर्षण जनाएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यममार्फत प्रधानमन्त्रीको स्वकीय सचिव गंगा दाहाललाई जोडेर विभिन्न व्यापारीसँग रकम बुझेको र त्यो सबै अडिओ तथा भिडिओ प्रमाण आफूसँग सुरक्षित रहेको र समय आएपछिसबै प्रमाण जनता र मिडियामा लिएर आउनेछु भन्ने प्रकृतिको अभिव्यक्तिले प्रधानमन्त्रीको सचिवालयमा रहेको जिम्मेवार तथा परिवारकै सदस्यको भ्रष्टाचार, अनियमितता र कमिशन लेनढेनमा संलग्न रहेको भनाई प्रति गम्भिर घ्यानाकर्षण भएको छ ।

देशको प्रधानमन्त्रीप्रति लक्षित यस्ता अभिव्यक्तिले पारिवारिक सम्बन्धलाई प्रयोग गरेर स्वयम् प्रधानमन्त्री, मन्त्री र सचिवालयामा नियुक्ति लिएका सदस्यहरु जनताको सेवामा होइन कमाउ धन्दामा रहेको र भ्रष्टाचार, अनियमिततामा संलग्न रहेको प्रष्ट हुने उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘बालुवाटार र सिंहरबारमा बसेर यस्ता गतिविधिमा संलग्न जो कोही भए पनि छानबिनको दायरामा ल्याई दोषीउपर कानूनबमोजिम कडा भन्दा कडा कारबा प्रक्रिया अगाडि बढाउन अनेरास्ववियु जोडदार माग गर्दछ ।’

यस सम्बन्धमा शक्तिको आडमा छानविन तथा अनुसन्धान प्रकृया अगाडि नबढाए र यस्ता गतिविधिउपर मुकदर्शक बनिरहे अनेरास्ववियुले भ्रष्टाचार, अनियमितता र कमिसनतन्त्रको भण्डाफोर गर्दै सरकारविरुद्ध कडा आन्दोलनका कार्यक्रमहरू गर्ने चेतावनी दिइएको छ ।

Comments

2 responses to “गंगामाथि अमरेशले लगाएको आरोप छानबिन गर्न अनेरास्ववियुको माग, नत्र आन्दोलनमा उत्रिने”

  1. ksp pyl Avatar
    ksp pyl

    हो छानबिन हुँनैपर्छ ।

  2. hari thapa Avatar
    hari thapa

    याे मुला अनेरास्ववियु काम छैन । एनसेल माथि पाे छानवीन गर्ने त अमरेश कुमार सिंह सँग छानवीन गर्ने हाे त? अहिले काे छानबिन काे मुद्दामा अमरेशसँग हाम्रो साथ हुनु पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *