पोखरामा कारको ठक्टरबाट स्कुटरमा सवार २ जनाको मृत्यु

पोखरा । पोखरामा कारले स्कुटरलाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ ।

पोखरा महानगरपालिका–२६ सुन्दरीबजार पृथ्वी राजमार्गमा पोखराबाट तालचोकतर्फ जाँदै गरेको बा ००४१ नम्बरको कारले ग १३ प ३५७८ लाई आइतबार ठक्कर दिँदा स्कुटरमा सवार २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

हेम्जाकी २३ वर्षीया अनिशा खड्का र जिरोकी २४ वर्षीया भावना बरालको मृत्यु भएको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले जानकारी दिए ।

उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुर्याएकोमा अस्पतालले मृत घोषणा गरेको थियो । कार र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *