रास्वपाको चियापानमा ३ विषयमा छलफल

डोटी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डोटीले आयोजना गरेको चियापान कार्यक्रममा डोटीका राजनीतिक दलहरूले २ विषयमा छलफल गरेका छन् ।

आइतबार डोटीको मुख्य व्यापारिक केन्द्र दिपायलमा आयोजना गरिएको चियापानमा सुशासन कायम गर्ने, सेवा प्रवाह र जिल्लाका समस्याहरूको विषयमा सबै विषयगत कार्यालयहरुसँग छलफल गर्ने र जिल्ला गौरवका आयोजनाहरू छिटो निर्माण गर्न संघीय सरकारलाई दबाब दिने विषयमा छलफल भएको राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला संयोजक केशव बलायरले जानकारी दिए ।

‘जिल्लामा रहेका सम्पूर्ण समस्याहरूको विषयमा प्रमुख जिल्ला अधिकारी सहित कार्यालय प्रमुखहरूसँग बृहत् छलफल गरेर सुधार गर्ने निर्णय भएको छ’ बलायरले भने ‘झिग्राना–बिचपानी सडक, पश्चिम सेती जलविद्युत परियोजना, सातनाली मोटरेबल पुल, खुटिया–बिपीनगर–दिपायल–उरैभञ्ज्याङ्ग फाष्ट ट्रयाक लगायतका जिल्ला गौरवका योजनाहरू छिटो निर्माण गर्न संघीय सरकारलाई घचघच्याउने विषयमा छलफल भयो ।’

उक्त कार्यक्रम जिल्लामा सुुशासन कायम राख्न र विकास गर्न सबै राजनीतिक दल एक हुनुपर्ने सन्देश दिएको बलायरले बताए ।

चियापान कार्यक्रममा नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि जित बहादुर खड्का, नेकपा एमालेका नेता प्रेम शाह, नेकपा माओवादी केन्द्रका प्रदेश सल्लाहकार तेजबहादुर डुम्रेल, एकीकृत समाजवादी उपसचिव ऐश्वर्य विष्ट लगायतको उपस्थिति रहेको रास्वपाले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *