सिटिजन्स बैंकको सहायक कम्पनी सीबीआईएल सेक्युरिटिज सञ्चालनमा

काठमाडौं । सिटिजन्स बैंकको सहायक कम्पनी सीबीआईएल सेक्युरिटिज कम्पनी लिमिटेड विधिवत सञ्चालनमा आएको छ ।

सिटिजन्स बैंकको सञ्चालक समितिका अध्यक्ष प्रबलजंग पाण्डेले आइतबार सीबीआईएल सेक्युरिटिज कम्पनीको विधिवत उद्घाटन गरी टीएमएस सेवा सञ्चालनमा ल्याएका हुन् ।

कम्पनीमा अनुभवी कर्मचारीद्वारा छिटो एवं छरितो सेवा प्रदान हुने र ललितपुरको कुपण्डोलमा प्रधान कार्यालय रहेको बैंकले जनाएको छ ।

कम्पनीले आफ्ना ग्राहकलाई ब्रोकर खाता खोल्ने सेवालगायत डिम्याट खाता तथा केन्द्रीकृत ‘केवाईसी’ खोल्ने सेवा प्रदान गरिने व्यवस्था गरेको छ ।

साथै ग्राहकहरुले बैंक खाता खोल्न तथा शेयर धितो कर्जासमेत एकै भवनबाट प्राप्त गर्न सक्नेछन् । कम्पनीले निकट भविष्यमा देशका विभिन्न प्रदेशमा शाखा खोली ग्राहकहरुलाई उच्चस्तरको धितोपत्र दलाल सेवा प्रदान गर्ने उद्देश्य लिइएको छ ।

उदघाट्न कार्यक्रममा बैंकका अध्यक्ष पाण्डेले संस्थाको सफलताको कामना गर्दै धितोपत्र बजारमा सीबीआईएल सेक्युरिटिजले आफ्नो छुट्टै पहिचान बनाउने धारणा व्यक्त गरे ।

त्यस्तै सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बैंकको पूर्ण स्वामित्वमा खोलिएको पहिलो संस्था सीबीआईएल भएकोले आगामी दिनहरुमा अरु विभिन्न किसिमका सेवा सुविधा ग्राहकमाझ ल्याउने गरी थप संस्थाहरुको स्थापना गर्न सकिने धारणा व्यक्त गरे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *