प्रदेश स्तरीय पुरुष रग्बी सेभेन्सको उपाधि सल्यानलाई

सुर्खेत । कर्णाली प्रदेश स्तरीय पुरुष रग्बी सेभेन्सको उपाधि सल्यानले जितेको छ । शनिवार सुरु भएको प्रदेश स्तरीय पुरुष रग्बी सेभेन्सको उपाधि सल्यानले जितेको हो ।

कर्णाली प्रदेश खेलकुद विकास परिषदको आर्थिक सहयोगमा प्रदेश राजधानी वीरेन्द्रनगर सुर्खेत कालिन्चोक स्थित रग्बी मैदानमा शनिवार संचालन भएको प्रतियोगितामा सुर्खेत दृतीय र रुकुम तृतीय भएको छ ।

दुई दिनसम्म चल्ने भनिएको उक्त प्रतियोगिता शनिवार नै सम्पन्न भएको हो । प्रतियोगितामा प्रथमलाई ५१ हजार १ सय ११ तिीयलाई २५ हजार २ सय पच्चिस र तृतीयलाई , ११ हजार १ सय ११ सहित प्रमाणपत्र र मेडलको व्यवस्था गरिएको प्रदेश रग्बी संघका अध्यक्ष सुरेन्द्र कुवँरले जानकारी दिए ।

कर्णाली प्रदेशमा पहिलो पटक आयोजना भएको प्रदेश स्तरीय रग्बी सेभेन्स पुरुष प्रतियोगितामा कर्णाली प्रदेशका हुम्ला, डोल्पा, जाजरकोट बाहेक अन्य सात जिल्लाको सहभागिता रहेको थियो ।

कर्णाली प्रदेशमा पहिलो पटक प्रदेश स्तरीय रग्बी सेभेन्स पुरुष प्रतियोगिता आयोजना गरिएको भए पनि प्रतियोगितामा उल्लेखनिय दर्शकको उस्थितिले कर्णालीमा रग्बी खेल प्रतिको आकर्षक निकै बढ्ने सम्भावना रहेको कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव विश्वामित्र संज्यालले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *