काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले भारतीय जनता पार्टीलाई सीमा समस्या हल गर्न आग्रह गरेको छ ।
भाजपा विदेश विभागले गरेको अन्तरक्रियामा अनेरास्ववियुले ईपीजी प्रतिवेदन अनुसार भारतको सीमा समस्या हल गर्न आग्रह गरेको हो ।
यस्तै अन्तरक्रियामा सहभागी अनेरास्ववियुका प्रतिनिधिहरूले नेपालका विश्वविद्यालय र भारती विश्वविद्यालयका विद्यार्थीहरुबीच एक्सचेन्ज कार्यक्रमलाई जोड दिनुपर्ने जनाएका छन् ।
अखिल भारतीय विद्यार्थी परिषद्को ६९ औं राष्ट्रिय सम्मेलनमा सहभागी हुन अनेरास्ववियु, नेविसंघ, अखिल क्रान्तिकारी लगायत विद्यालय संगठनका नेतृत्वकर्ताहरू दिल्लीमा छन् । सम्मेलन भोलिसम्म चल्नेछ ।


Leave a Reply