पोर्चुगलको राजदूतमा सिफारिस सनिल नेपालको नाम सर्वसम्मत

काठमाडौं । संसदीय सुनुवाइ समितिले पोर्चुगलको राजदूतमा सिफारिस सनिल नेपालको नाम सर्वसम्म अनुमोदन गरेको छ ।

सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले पोर्चुगलको राजदूतमा सिफारिस नेपालको संसदीय सुनुवाइ गर्दै सर्वसम्मत अनुमोदन गरेको हो ।

नेपालविरुद्ध समितिमा एउटा उजुरी परेको थियो । समितिले शुक्रबार नै उजुरीकर्तासँग छलफल र प्रस्तावित राजदूतसँग संसदीय सुनुवाइ गरेको थियो । सुनुवाइपछि समितिले पोर्चुगलको राजदूतमा सिफारिस नेपालको नाम सर्वसम्मत अनुमोदन गरेको समिति सभापति पशुपति शमशेर जबराले जानकारी दिए ।

गत कार्तिक २३ गते बसेको मन्त्रिपरिषद्को बैठकले नेपाललाई पोर्चुगलको राजदूतमा सिफारिस गर्ने निर्णय गरेको थियो । सुनुवाइ समितिबाट अनुमोदन भएसँगै राष्ट्रपतिबाट राजदूत पदमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *