विपीनको बुबाआमालाई भेटका प्रधानमन्त्रीको विश्वास- उहाँ चाँडै नेपाल फर्किनुहुन्छ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हमास समूहले बन्धक बनाएका विपीन जोशी चाँडै नेपाल फर्किने विश्वास व्यक्त गरेका छन् ।

कैलालीको धनगढीमा आयोजित सुदूरपश्चिम महोत्सवलाई सम्बोधन गरेर फर्किने क्रममा उनले आफूहरुले विपीनको रिहाइको लागि पहल गरिरहेको बताए ।

उनले भने, ‘विपीनका परिवारसँग मेरो कुरा भइसकेको छ । मैलै विपीनको रिहाइको लागि कतार सरकारसँग प्रधानमन्त्रीको हैसियतमा आफूले र परराष्ट्रमन्त्रीबाट लगातार कुराकानी भइरहेको छ । इजरायल र प्यालेस्टाइनसँग पनि कुरा भइरहेको छ । हिजोमात्रै अमेरिकाको राष्ट्रपतिका विशेष सल्लाहकार आउनुभएको थियो । उहाँसँग पनि कुरा भएको छ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *