स्वरसम्राट नारायणगोपालको ३३ औं स्मृति दिवस : स्रष्टाले यसरी सम्झिए (भिडिओ)

काठमाडौं । स्वरसम्राट नारायणगोपाल गुरुवाचार्यको ३३ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

असंख्य कालजयी गीतका सर्जक तथा जादुमय स्वरका धनी स्वरसम्राट नारायणगोपालको जन्म १९९६ साल असोज १८ गते बुबा आशागोपाल गुरुवाचार्य र आमा रामदेवी गुरुवाचार्यको सन्तानका रूपमा काठमाडौँको किलागलमा भएको हो ।

उनको विसं २०४७ मंसिर १९ गते ५१ वर्षको उमेरमा निधन भएको थियो । स्मृति दिवसका अवसरमा नारायणगोपाल संगीत कोषले काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा कोषले हरेक वर्ष प्रदान गर्दै आएको स्वरसम्राट नारायणगोपाल स्मृति पुरस्कार यस वर्ष ‘स्वरकिन्नरी’ तारादेवी (मरणोपरान्त) र वाङ्मयसेवी गणेश रसिकलाई प्रदान गरेको छ । विसं २०४७ मा स्थापित कोषले यसअघि ४० स्रष्टालाई सम्मान गरिसकेको छ ।

२०१७ सालमा रेडियो नेपालबाट माणिकरत्न स्थापित र प्रेमध्वज प्रधानको सङ्गीतमा गीत गाएर स्वर परीक्षा पास गरेका नारायणगोपालले थुप्रै कालजयी गीत गाएका छन् ।

उनका ‘मलाई नसोध कहाँ दुख्छ घाउ’, ‘एउटा मान्छेको मायाले’, ‘झरेको पात झैँ भयो जिन्दगी’, ‘यो मुटुलाई कसरी सम्झाइ बुझाऊँ’, ‘केही मीठो बात गर’, ‘साउनको झरी बनी तिमी आउन’ जस्ता गीतहरू चर्चित छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *