एनसेल बिक्री प्रकरणमा नेता, कर्मचारी र व्यापारीको मिलेमतो छ: डा. शेखर कोइराला

ओखलढुंगा । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले राजनीतिज्ञहरु, कर्मचारी र व्यापारीको मिलेमतोमा एनसेल बिक्री भएको बताएका छन् ।

ओखलढुंगा जिल्लाको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता कोइरालाले कांग्रेसले यस घटनाक्रमलाई गम्भीर रुपमा लिएको बताए ।

‘आजको पाँच वर्षपछि नेपाल सरकारको मातहतमा हुनुपर्ने एनसेल बेचिँदैछ भन्ने केही दिनदेखि जताततै चर्चा भइरहेको छ । यसमा राजनीतिज्ञहरु, कर्मचारी र व्यापारीहरुको मिलेमतो नभई सम्भव हुँदैन’, उनले भने, ‘त्यसकारण हामीले नेताहरुलाई प्रश्न गरेका छौं कि एनसेल बिक्री प्रकरण किन भयो ?’

नेता कोइरालाले करिब ७५ प्रतिशत जनता कृषिमा आधारित भए पनि उत्पादनलाई बढाएर कृषिमा आधारित उद्योगहरुलाई बढाएर जान सकेमात्रै रोजगारीका अवसरहरु देशभित्रै पाउन सकिने बताए ।

Comments

One response to “एनसेल बिक्री प्रकरणमा नेता, कर्मचारी र व्यापारीको मिलेमतो छ: डा. शेखर कोइराला”

  1. ksp pyl Avatar
    ksp pyl

    भाउजू, छोरीको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *