काठमाडौं। एक इन्टरनेट सेवा प्रदायककाे सिस्टम ह्याक गरी ४६ हजारभन्दा बढी ग्राहकको डाटा चोरी भएको छ ।
प्रहरीका अनुसार मंसिर १ गते झापाको बिर्तामोडका २० वर्षीय रिषभ घिसिङले ४६ हजार २ सय ७१ जना ग्राहकको डाटा चोरी गरेका थिए ।
घिसिङले सिस्टम ह्याक गरेर ती डाटा चोरेको प्रहरीको दाबी छ । उनी पक्राउ परेका छन् । बीसीए अध्ययन गरिरहेका घिसिङले सो इन्टरनेट सेवा प्रदायकको डाटा कति सुरक्षित छ भनेर हेर्ने क्रममा ग्राहकको डाटा सुरक्षित नदेखिएको पाएको र त्यसबारे आफैले जानकारी गराएको बताएका छन् ।
उनले आफ्नो घरमा जडान गरेको केवल नेटका लागि उपलब्ध युजरनेम र पासवर्डबाट भित्र छिरेर डाटाहरू सुरक्षित भएको नदेखेको र त्यसबारे कम्पनीलाई जानकारी गराउँदा उल्टै पक्राउ परेको दाबी गरेका छन् ।

Leave a Reply