सर्वोच्चका प्रस्तावित न्यायाधीशविरुद्ध १० वटा उजुरी

काठमाडौं । सर्वोच्च अदालतमा प्रस्तावित ६ जना न्यायाधीशविरुद्ध संसदीय समितिमा १० वटा उजुरी परेका छन् । संसदीय सुनुवाइ समितिमा उनीहरूविरुद्ध उजुरी परेका र सबैभन्दा बढी उजुरी सारंगा सुवेदीविरुद्ध पाँच वटा परेका समितिले जनाएको छ ।

समितिका अनुसार तीन जनाविरुद्ध भने एउटा उजुरी पनि परेको छैन । उजुरी नपर्नेमा महेश शर्मा, सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाल रहेका छन् ।

न्याय परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश पदका लागि सिफारिस गरेका सारंगा सुवेदी, अब्दुल अजित मुसलमान, महेश शर्मा, टेकप्रसाद ढुङ्गाना सुनिलकुमार पोखरेल र बालकृष्ण ढकाल विरुद्ध उजुरी आह्वान गरेको थियो । गत मंसिर आठ गतेदेखि सोमबारसम्ममा १० वटा उजुरी प्राप्त भएको समिति सचिवालयले जनाएको छ । उजुरीको समय सोमबार सकिएपछि उनीहरूको उजुरी खोल्नका लागि समितिको बैठक २१ गते बिहीबारका दिन बोलाइएको छ।

यसै गरी पोर्चुगलका लागि प्रस्तावित आवासीय राजदूत सनील नेपाल विरुद्धमा पनि प्रस्तावित न्यायाधीश सँगै उजुरी आह्वान गरिएको थियो । उनी विरुद्ध पनि एउटा उजुरी परेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *