नाबालिकालाई गेस्ट हाउसमा यौनधन्दामा लगाउने महिला पक्राउ, तीनजनाको उद्धार

काठमाडौं । प्रहरीले कलङ्की र नयाँ बसपार्कका होटल तथा गेस्ट हाउसमा नाबालिकालाई यौन धन्धामा लगाउने गरेको आरोपमा एक महिलालाई पक्राउ गरेको छ।

नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले काठमाडौंको नयाँ बसपार्कमा बस्दै आएकी २५ वर्षीया सपना तामाङ भन्ने पूजा रानालाई पक्राउ गरेको हो । प्रहरीले तीन जना नाबालिकाको पनि उद्धार गरेको छ ।

रानामाथि अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार रानासहितको गिरोहले आर्थिक अवस्था कमजोर भएका, कम पढाइलेखाइ भएका नाबालिकालाई धागो कात्ने, घरहरुमा बच्चा हेर्ने, होटलमा सरसफाइको काम गर्ने भन्दै काठमाडौं बोलाएर यौन धन्धामा लगाउने गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *