काठमाडौं । प्रहरीमा जुनियर स्टाफहरूप्रति हाकिमको व्यवहार रुखो हुने गरेको बेला बेलामा सुनिन्छ । सबैभन्दा बढी ड्युटी गर्ने प्रहरी जवान तथा जुनियर अधिकृतहरूको समस्याबारे कार्यालय प्रमुखहरू बेखबर भने छैनन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले शनिवार १५ जना जुनियर प्रहरी कर्मचारीलाई कालीमाटीस्थित वान सिनेमा हलमा एनिमल फिल्म हेर्न टिकट उपलब्ध गराएका छन् ।
परिसर र नगर प्रहरीमा कार्यरत प्रहरी कर्मचारीमध्येबाट टिकटको उपलब्धता हेरेर १५ जनालाई सो अवसर प्रदान गरिएको हो ।
प्रहरी कर्मचारीलाई हौसला र उत्प्रेरणा अभिवृद्धि कार्यक्रम अन्तर्गत आफूले फरक फरक ढंगले मनोरञ्जनात्मक कार्यक्रम मिलाउने गरेको एसएसपी खत्रीले बताए ।
यसअघि पनि तनाव व्यवस्थापन तालिमका साथै हाइकिङ, वनभोज, मनोपरामर्श र महिला कर्मचारीलाई स्यानिटेशन सम्बन्धी सामग्रीहरू प्रदान गर्ने गरिएको खत्रीले बताए ।



Leave a Reply