काठमाडौं । प्रहरीले लागुऔषध कारोबारी भएको आरोपमा बानेश्वरको सुकुमबासी बस्तीबाट एक जना महिलालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ३५ वर्षीया नीता शेर्पा रहेकी छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार शेर्पाको साथबाट ११० एम्पुल नुफिन, १०९ एम्पुल डाइजेपाम र १०७ एम्पुल प्रोमेथाजिन बरामद गरिएको छ । उनलाई बानेश्वर वृत्तमा राखेर थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply