‘अनबिटेबल एक्सचेन्ज’ अफरमा जुनसुकै ब्रान्डको गाडीसँग हुन्डाई साट्न पाइने

काठमाडौं । नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘अनबिटेबल एक्सचेन्ज’ अफर योजना सुरु गरेको छ ।

बिहीबार सुरु भएको ‘अनबिटेबल एक्सचेन्ज’ योजनामा कुनै पनि ब्रान्डको गाडी ल्याएर हुन्डाईको इन्धनयुक्त वा विद्युतीय गाडी एक्सचेन्ज गर्न सकिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार सबै हुन्डाईका गाडीमा ३ वर्ष वारेन्टी र ६ वर्षको फ्री सर्भिसिङ उपलब्ध छ ।

योजना नेपालभरिका हुन्डाईको शोरुममा सुरु भइसकेको छ । जहाँ ग्राहकले आफ्नो गाडीको बजारको प्रचलित मूल्याङ्कनभन्दा न्यूनतम ५० हजार रुपैयाँ थप पाउनुका साथै विद्युतीय गाडीको खरिद गर्दा प्रोत्साहनस्वरुप ५० हजार रुपैयाँसम्मको गो ग्रीन बोनस पनि प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

त्यस्तै विभिन्न मोडलको गाडी खरिदमा नगद ६ लाखसम्मको आकर्षक छुट, हुन्डाई शोरुममा आफ्नो गाडीको मूल्याङ्कन गराइ र हुन्डाई गाडीको टेस्ट ड्राइभ गरी आकर्षक उपहार पनि जित्न सकिनेछ ।

लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालभर १७ शोरुम, १९ सर्भिस सेन्टर र ४३ वटा चार्जिङ प्वाइन्टमार्फत ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *