पार्टीका १४ सांसदलाई केन्द्रीय समिति सदस्यमा मनोनीत गर्ने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका १४ सांसदलाई केन्द्रीय समितिमा मनोनीत गरेको छ ।

महोत्तरीको जलेश्वरमा बसेको केन्द्रीय समिति बैठकले केन्द्रीय कमिटीमा नरहेका १४ सांसदलाई मनोनीत गरेको एक नेताले बताए ।

यसअघि सभापति रवि लामिछाने, उपसभापति डोलप्रसाद अर्यालसहित ६ सांसद मात्रै केन्द्रीय समितिमा थिए । केन्द्रीय समिति बैठक विस्तार गरेपछि ५२ जनाको समिति बनेको छ ।

बैठकले सांसदहरू विराजभक्त श्रेष्ठ, सन्तोष परियार, डा स्वर्णिम वाग्ले, निशा डाँगी, मनिष झा, शिशिर खनाल, हरि ढकाल, डा. तोसिमा कार्की, डा. चन्दा कार्की, असीम शाह, लक्ष्मी तिवारी, अशोक कुमार चौधरी, विनीता कठायत र शिव नेपालीलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *