काठमाडौं । सरकारले सैनिक विशेष अदालतको अध्यक्षको कामकाजका लागि न्यायाधीश लेखनाथ पौडेललाई तोकेको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पाटन उच्च अदालतमा कार्यरत पौडेललाई सैनिक विशेष अदालतको समेत कामकाजको जिम्मा दिएको हो ।
त्यस्तै नेपाल इन्जिनियरिङ सेवातर्फ रिक्त रहेको सचिवमा सरिता दवाडीलाई बढुवा गर्ने निर्णय भएको सरकारकी प्रवक्ता सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

Leave a Reply