नक्कली भुटानी शरणार्थी प्रकरणमा आज आदेश आउन सक्ने

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आज आदेश आउन सक्ने सम्भावना रहेको छ ।

पाटन उच्च अदालतमा काठमाडौं जिल्ला अदालत काठमाडौं जिल्ला अदालतले दिएको थुनछेक आदेशविरुद्धको पुनरावलोकन निवेदनमाथि बहस गत सातादेखि जारी रहेको छ ।

मङ्गलवार नक्कली भुटानी शरणार्थी प्रकरणका २० प्रतिवादीको बहस सकिएको छ ।

हिजैबाट सरकारी वकिलले बहस जारी राखेका छन् । सरकारी वकिलको बहस सकिएपछि आजै आदेश आउन सक्ने सम्भावना रहेको छ ।

काठमाडौं जिल्ला अदालतले यसअघि १६ जनालाई थुनामा राख्ने आदेश दिएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *