जलेश्वरमा रास्वपा बैठक: प्रमुख सचेतकबाट प्रतिवेदन पेश, दलको भूमिकाबारे समीक्षा

काठमाडौं । महोत्तरी जलेश्वरमा राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठक बसेको छ। केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठक बस्नुअघि संसदीय दलको बैठक बेग्लै बसेको हो।

बैठकमा प्रतिनिधि सभाको पहिलो र दोस्रो अधिवेशनमा दलको भूमिकाबारे समीक्षा हुने प्रमुख सचेतक सन्तोष परियारले बताए। बैठकमा उनले संसदीय दलको तर्फबाट प्रतिवेदन प्रस्तुत पेश गरेका छन्।

प्रतिवेदनमा पार्टीका सांसदहरुले संसद अधिवेशनका खेलेको भूमिका, मुद्दा उठानलगायत समसायिक बिषयलाई समेटेर प्रतिवेदन प्रस्तुत गरेका छन्।

आजको बैठकमा सभापति रवि लामिछानेले पार्टीको राजनीतिक प्रतिवेदन पेश गर्ने तयारी गरेका छन्। हिजोबाट सुरु भएको रास्वपाको बैठक भोलिसम्म चल्नेछ। रास्वपाले पछिल्लो समय मधेश केन्द्रित अभियान चलाउँदै आएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *