जब रोनाल्डोले टिमलाई प्राप्त पेनाल्टीको निर्णय उल्टाउन रेफ्रीलाई आग्रह गरे

काठमाडौं। गोल गर्न सधैँ आतुर रहने क्रिस्टियानो रोनाल्डो सोमबार रातीको एक निर्णयका कारण यति बेला चर्चामा छन्।

रोनाल्डोलाई लडाएपछि अल नासरलाई रेफ्रीले पेनाल्टी प्रहारको मौका दिएका थिए।

रोनाल्डो आफैले अल नासरलाई प्राप्त पेनाल्टीको निर्णय उल्टाउन रेफ्रीलाई अपिल गरेका थिए। त्यसपछि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्री-भारको सहयोगमा पेनाल्टीको निर्णय उल्टाएका थिए।

एएफसी च्याम्पियन्स लिगको समूहगत चरणमा इरानी क्लब पर्सेपोलिससँगको खेलको दोस्रो मिनेटमै डिबक्सभित्र रोनाल्डोलाई लडाएको भन्दै रेफ्रीले विपक्षी टोलीका डिफेन्डरलाई रातो कार्ड देखाएका थिए। तर रोनाल्डो आफैले त्यसको विरोध गर्दै निर्णय उल्टाउन आग्रह गरे।

यो खेलको १७ औँ मिनेटमा अल नासर १० खेलाडीमा सीमित भएको थियो। अन्ततः गोलरहित बराबरी खेलेको अल नासर प्रतियोगिताको अन्तिम १६ मा पुगिसकेको थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *