उपरथी निर्मल थापाको शैक्षिक प्रमाण पत्र नक्कली भएको भन्दै छानबिन गर्न अख्तियारमा पूर्वसैनिक अधिकृतको उजुरी

काठमाडौं । उपरथी निर्मल कुमार थापाको शैक्षिक प्रमाण पत्र नक्कली भएकाे भन्दै छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन परेको छ ।

पूर्व सैनिक अधिकृतहरुले उपरथी थापाको प्रवीणता प्रमाण पत्र तहको शैक्षिक प्रमाण पत्र भारतको गोरखपुर हाईस्कुलबाट ल्याइएको नक्कली भएको भन्दै छानबिनका लागि अख्तियारमा निवेदन दिएका हुन् ।

थापाले २०४० सालमा एसएलसी उत्तीर्ण गरी अमृत साइन्स कलेज लैनचौरमा भर्ना भइ प्रथम वर्ष नै अनुत्तीर्ण भएपछि भारतको गोरखपुरबाट नक्कली प्रमाण पत्र ल्याइ त्यसैको आधारमा २०४३ सालमा नेपाली सेनामा भर्ना भइ हाल उपरथी भई सिरियामा कार्यरत रहेको निवेदनमा उल्लेख छ ।

उनले सिनियरहरुको पदोन्नति रोकी विभिन्न सञ्चार माध्यममा भ्रामक कुरा सम्प्रेषण गरी आफ्नो स्वार्थ सिद्ध गर्ने गरेको र पुस ३ गतेबाट रिक्त हुने रथि पदको लागि दाबेदर भइ बसेका निवेदकहरुको दाबी छ ।

उनीहरुले अख्तियारप्रति विश्वस्त रही सत्य निरुपणका लागि निवेदन पेश गरेको जनाएका छन् ।

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *