काठमाडौं । दक्षिण कोरियामा पानीजहाज निर्माण क्षेत्रका लागि भएको इपीएस कोरियन भाषा परीक्षामा चार हजार भन्दा बढी उत्तीर्ण भएका छन् । ईपीएस कोरिया शाखाले सार्वजनिक गरेको नतिजा अनुसार चार हजार ९८ जना उत्तीर्ण भएका हुन् । जम्मा परीक्षामा सहभागिमध्ये १२ दशमलव ६ प्रतिशत मात्रै उत्तीर्ण भएका हुन् । भाषा परीक्षामा सहभागि हुनका लागि ३५ हजार ४७८ जनाले आवेदन दिएकामा ९१.६ प्रतिशत अर्थात ३२ हजार ५०७ जना परीक्षार्थी परीक्षामा सहभागि भएका थिए ।
गत असोज एक गतेदेखि कात्तीक सात गतेसम्म सञ्चालन भएको पहिलो चरणको कोरियन भाषा परीक्षामा उनीहरु उत्र्तीण भएका हुन् । उत्र्तीण हुनेमा तीन हजार ९०१ पुरुष रहेका छन् भने १९७ जना मात्रै महिला रहेका छन् । यस वर्ष कुल ३२ हजार ५०७ जनाले भाषा परीक्षा दिएका थिए । परीक्षा फारम भर्ने भने ३५ हजार ४७८ जना थिए । २ हजार ९७१ जना भने अनुपस्थित भएका थिए ।
ईपीएस कोरिया शाखाका अनुसार पहिलो चरणको कोरियन भाषा परीक्षा उत्र्तीण भएकाको दोस्रो चरणको सिप तथा योग्यता परीक्षा हुने र उक्त परीक्षामा उत्र्तीण भएकाको मात्रै अन्तिम नामावली प्रकाशन हुनेछ । कोरियाले पहिलो पटक पानीजहाज निर्माण कम्पनीका लागि ठूलो संख्यामा नेपाली कामदार लैजान लागेको इपीएस शाखाले जनाएको छ ।
उत्तीर्ण हुनेको नामावलीः

Leave a Reply