मधेश प्रदेशसभा सदस्य सिंहको निलम्बन फुकुवा

जनकपुरधाम । मधेश प्रदेशसभा सदस्य अनिरुद्ध कुमार सिंहको निलम्बन फुकुवा भएको छ ।

सप्तरी ४ (१)बाट स्वतन्त्रबाट निर्वाचित सांसद सिंह हत्या आरोपमा गत भदौं १८ मा पक्राउ परेपछि प्रदेशसभाले निलम्बन गरेको थियो ।

कार्तिक २३ मा धरौटीमा छुटेका सिंहले निलम्बन फुकुवाको निवेदन प्रदेशसभामा दर्ता गराएका थिए । सोही निवेदनको आधारमा निलम्बन फुकुवा गरेको आज बसेको प्रदेशसभा बैठकमा सभामुख रामचन्द्र मण्डलले जानकारी गराए ।

सांसद सिंह स्वतन्त्रबाट निर्वाचित भएपछि जनता समाजवादी पार्टी (जसपा)मा प्रवेश गरिसकेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *