महिला हिंसा विरुद्ध काठमाडौँमा मोटरसाइकल र्‍याली

काठमाडौँ । अन्तर्राष्ट्रिय महिला हिंसा विरुद्धको अभियानको अवसरमा काठमाडौँमा मोटरसाइकल र्‍याली गरिएको छ ।

नेकपा एमालेको भातृ संगठन अखिल नेपाल महिला संघले महिला हिंसा विरुद्ध मोटरसाइकल र्‍याली निकालेको हो।

नेकपा एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलबाट बिहान निकालिएको मोटरसाइकल र्‍याली वसन्तपुर पुगेर समापन गरिएको थियो ।

अनेमसंघको इन्चार्ज सीता पौडेलले र्‍यालीको उद्घाटन गरेकी थिइन् भने अध्यक्ष टुका हमालले समापन गरिन् । महासचिव पेम्बा लामाले सहजीकरण गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *