काठमाडौँ । अन्तर्राष्ट्रिय महिला हिंसाविरुद्धको अभियानको अवसरमा काठमाडौंमा मोटरसाइकल र्याली गरिएको छ । नेकपा एमालेको भ्रातृ संगठन अखिल नेपाल महिला संघको आयोजनामा मोटरसाइकल र्याली निकालिएको हो ।
पार्टी केन्द्रीय कार्यालय च्यासलबाट बिहान निकालिएको मोटरसाइकल र्याली वसन्तपुर पुगेर समापन गरिएको थियो । अनेमसंघकी इन्चार्ज सीता पौडेलले र्यालीको उद्घाटन गरेकी थिइन् भने अध्यक्ष टुका हमालले समापन गरिन् ।
महासचिव पेम्बा लामाको सहजीकरणमा र्याली आयोजना गरिएको हो ।


Leave a Reply