कैलाली । कैलालीको घोडाघोडी अस्पतालले विद्यार्थीहरूलाई उपचारमा १५ प्रतिशत छुट दिने भएको छ ।
माओवादी केन्द्रको भातृ विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारी र अस्पताल प्रशासनबीच आज विद्यार्थीलाई स्वास्थ्य परीक्षणमा १५ प्रतिशत छुट दिने सम्झौता भएको हो ।
कैलालीका सम्पूर्ण सामुदायीक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि आगामी तीन बर्ष सम्म छुट गर्ने समझदारी भएको अखिल क्रान्तिकारी केन्द्रीय सचिवालय सदस्य सौरभ चौधरी (प्रताप) ले जानकारी दिए ।
अखिल क्रान्तिकारीका विद्यार्थी तथा अस्पतालका अध्यक्ष चिरन जोशीबिच विद्यार्थीलाई छुट दिने बिषयमा सम्झौता भएको हो । आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूका लागि यो सुविधाले सहज हुने अपेक्षा गरिएको छ ।

Leave a Reply