बीपी कोइरालालाई राजा महेन्द्रले नथुनेको भए संवैधानिक राजतन्त्र कहीं जाँदैनथ्यो: गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेताहरुको गल्तीको भारी व्यवस्थालाई बोकाउन नहुने बताएका छन् ।

कांग्रेसको अर्घाखाँची जिल्ला सम्मेलनमा बोल्दै उनले अहिले गणतन्त्रको विकल्प खोज्न हुने बताए ।

उनले भने, ‘नेताहरू भ्रष्ट भए थुन्नुपर्छ । अब एउटा व्यक्ति आए, महाराज आए, यिनले गर्छन् भन्दै काठमाडौंमा दीपावली भएको थियो । तर, २०५९ मा दीपावली गर्ने जनता २०६२ को चैत पुग्दा नपुग्दै सडकमा आए । अब गणतन्त्र ल्याउने भनेर सडकमा आए । तीन वर्ष पनि थेगिएन । तर, नेपालको कति समय खेर गयो ।’

२०१८ सालमा बीपी कोइरालाले चुनाव जितेको बेलामा १८ बिगाहा जग्गा जम्मा चार जनाको हातमा रहेको उनले स्मरण गरे ।

महामन्त्री थापाले भने, ‘यही बीपी कोइराला हो, म तलब लिन्न सामान्य परिवारको भएर बस्छु, मेरो जस्तै घर होस्, मेरो जस्तो छोराछोरीले पढ्न पाऊन्, मेरो परिवारले जस्तै उपचार गर्न पाऊन्, मेरो यही एउटा सपना छ १५ वर्षमा पूरा गर्छु भनेर सपना देख्ने बीपी कोइरालालाई राजा महेन्द्रले नथुनेको भए आज संवैधानिक राजतन्त्र चाहियो भन्दै गर्दा संवैधानिक राजतन्त्र कहाँ जान्थ्यो, कहीं जाँदैनथ्यो । बेलायतमा छ, जापानमा छ, नर्वेमा छ । नेपालमा पनि रहन्थ्यो ।’

उनले बीपी कोइरालालाई थुनेर नेपालको ३० वर्ष खेर फालेको हो भन्दै प्रश्न गरे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *